Techie IT
Hetauda Khabar

मतगणना हेटौंडाको सिद्धार्थ स्कूलमा, तारजाली र सीसी क्यामरा जडान


भोलि हुने निर्वाचनमा मतदान पश्चात मतगणनाको लागि आवश्यक तयारी पुरा गरिएको छ । मकवानपुर जिल्लाको २ वटै निर्वाचन क्षेत्रको मतगणना हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२ मा रहेको सिद्धार्थ माध्यमिक बिद्यालयको भवनमा गरिने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका अनुसार मतदान पछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मकवानपुरको २ वटै निर्वाचन क्षेत्रको मतपेटीका संकलन गरी मतगणनाको लागि व्यवस्था मिलाइएको छ । मतदान सकिए लगत्तै बेलुका नै सबै केन्द्रको मतपेटिकाहरु ल्याएर मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

मकवानपुरमा मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए । प्रतिनिधीसभाको २ वटा क्षेत्रको मतपेटीका ४ वटा कोठामा र प्रदेशसभाको ४ वटा क्षेत्रको अन्य ४ वटा गरी कुल ८ वटा कोठमा एकै पटक मतगणना गर्ने तयारी गरिएको उनले बताए ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिने र कुनैपनि अपराधिक गतिविधिहरु हुन नदिन आवश्यकताको आधारमा ४ वटै सुरक्षा निकायहरुलाई परिचालन गर्नको साथै मतगणना स्थालको ५०० मिटर आसपास मदिरा जन्य पदार्थ विक्रिवितरणमा रोक लगाइएको उनको भनाई छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट