Techie IT
Hetauda Khabar

एमालेका वडा ईन्चार्ज नै कांग्रेसमा


नेकपा एमालेका कैलाश गाउँपालिका ८ का वडा ईञ्चार्जसहित राक्सिराङा, कैलाश र मनहरीका ४९ जना एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार लोकतान्त्रिक बाम गठबन्धनको प्रदेश क्षेत्रस्तरीय भेलाकाबीच कैलाश गाउँपालिका ८ का एमाले ईन्चार्ज तथा २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासी सूर्यबहादुर थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

थिङसहित एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने एमाले कार्यकर्तालाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिई स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै बानियाँले नव प्रवेशीलाई पार्टीमा उचित स्थान दिएर अघि बढाइने प्रतिवद्धतासमेत व्यक्त गरे ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट