Techie IT
Hetauda Khabar

आज मध्यरातदेखि स्थिर समय लागू हुँदै, फेसबुकमा पनि प्रचार गर्न नपाइने


राजनितिक दल र उम्मेदवारले आज मध्यरातिदेखि चुनाव प्रचारप्रसार गर्न नपाउने भएका छन् । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

‘मंसिर १ (आज) गते रातिबाट सबै काम निषेध हुन्छ, केही गर्न पाइँदैन,’ आयुक्त रामप्रसाद भण्डारीले भने । आयोगले दल र उम्मेदवारलाई प्रचार प्रसारको लागि १७ दिन दिएको थियो ।

अघिल्ला चुनावमा मतदानको ४८ घण्टाअघिको समयलाई मौन अवधि भनिएको थियो । तर यसपटक मौन अवधिलाई आयोगले हटाएको छ । ‘मौन अवधि भन्ने कानुनमा परेको रहेनछ । यसलाई स्थिर समय भन्न उचित हुन्छ,’ भण्डारीले भने । स्थिर समयमा आचारसंहिता उल्लंघन हुन सक्ने भन्दै आयोगले स्थानीय प्रशासनलाई सुक्ष्म निगरानी गर्न भनेको छ ।

मतदानको  ४८ घण्टा अघिदेखि  उम्मेदवार र  दलले सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गर्न नपाउने भएका छन् । आयोगका अनुसार सामाजिक सञ्जालबाट मत माग्न र विज्ञापन गर्न पाइने छैन ।

सामाजिक सञ्जालबाट प्रचार गरिएका पुराना सामग्रीसमेत हटाउन आयोगले भनेको छ । पुराना सामग्री नहटाए निर्वाचन आचारसंहिता, २०७९ तथा कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट