Techie IT
Hetauda Khabar

मकवानपुरमा एकैदिन रोकियो चार बालविवाह


हेटौंडा, २६ माघ । मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ ।

बिहीबार एकैदिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।

कैलाश गाउँपालिका-३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका-३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो ।

मनहरी गाउँपालिका-४ की १५ वर्षीया बालिका र हेटौंडा-३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ ।

मकवानपुरगढी गाउँपालिका-२ की १८ वर्षीया र हेटौंडा-१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले जानकारी दिए ।

बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा बालविवाह रोक्न सफल भएको उनले बताए ।

१३, १४, १५ र १८ वर्षीय बालबालिकालाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारी जानकारी दिइन् ।

जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर र प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेका हुन् ।

कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिवद्वता बालबालिकाले व्यक्त गरेका छन् । अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सबभन्दा बढी कैलाश र राक्सिराङमा बालबालिका हुने गरेको ज्ञवालीले बताए । यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उनको भनाइ छ ।

अध्ययन तथा अनुगमन भए पनि एउटै बुझाइ नहु“दा बालविवाह रोक्न सकिएको छैन । जनप्रनितिनिधि र बालहेल्पाइनको सहयोग र समन्वय भए बालविवाह न्यूनीकरण गर्न सकिने उनले बताएका छन् ।

जनप्रतिनिधिले प्राथमिकता भौतिक पूर्वाधार विकासस“गै सामाजिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् । आव २०७९/०८० मा कैलाश गाउ“पालिकामा ४ वटा बालविवाहमध्ये २ बालविवाह रोक्न सफल भएको छ । जसमा २ वटा बालविवाह रोक्न असफल भएका छन् ।

राक्सिराङमा ५ बालविवाहमध्ये ३ बालविवाह रोक्न सफल भएका छन् भने २ बालविवाह रोक्न असफल भएका छन् ।

मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन् ।

मकवानपुर जिल्लामा भएका ५० बालविवाहमध्ये ४४ बालविवाह रोक्न सफल भएको छ भने ६ वटा बालविवाह रोक्न असफल भएका छन् । बिकट क्षेत्र राक्सिराङ र कैलाशमा अनुगमन कम हु“दा कम तथ्यांक आएको उनले बताए ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट