Techie IT
Hetauda Khabar

तीन दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय


काठमाडौं, २६ माघ । सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सो बैठकले प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक, विशेषाङ्क/स्मारिका प्रकाशनलगायत जनचेतनामूलक कार्यक्रम निर्माण, सञ्चालन तथा प्रसारण गर्ने, नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा विभिन्न कार्यक्रम गर्ने र सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विभिन्न कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट