Techie IT
Hetauda Khabar

बागमतीलाई पराजित गर्दै एपीएफ मकवानपुर गोल्डकपको फाइनलमा


हेटौंडा । सशस्त्र प्रहरीको एपीएफ क्लब हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको दोश्रो सेमिफाइनलमा एपीएफले सर्लाहीको बागमती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफमा अनिश महर्जनको गोलबाट एपीएफले अग्रता लिएको थियो । दोश्रो हाफमा प्रदीप लामा, फोडो फोफोना र सर्जफ सङले एकएक गोल गर्दै ४–० को जित सुनिश्चित्त गरेको हो ।

खेलको म्यान अफ दि म्याच एपीएफका अनिश महर्जन घोषित भए ।

अब एपीएफले उपाधिको लागि शनिबार न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

गोल्डकपको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट