Techie IT
Hetauda Khabar

शेख रसेल कप चेस : नेपाल मालदिभ्ससँग पराजित


बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपाली टिमले मध्यम प्रदर्शन गरिरहेको छ ।

बिहीबार साँझ सम्पन्न लिग चरणको पहिलो खेलमा भुटानलाई ४–० को हराउन सफल नेपाल शुक्रबार मालदिभ्ससँग २.५-१.५ ले पराजित भयो ।

भुटानविरुद्धको पहिलो खेलमा नेपालका फिडेमास्टर रिजेन्द्र राजभण्डारीले भुटानका कर्मा सोनामलाई हराए भने अर्का फिडेमास्टर विलमलाल श्रेष्ठले विनोद राई माथि जित हात पारे । त्यसै गरी सिंगेश्वर दासले सोनाम छोदेन तथा राजेन्द्र बज्राचार्यले निदुप सांगेलाई पराजित गर्न सफल भए ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट