Techie IT
Hetauda Khabar

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन


गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ ।

शुक्रवार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।

‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् ।

भव्यरुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरेका थिए ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट