Techie IT
Hetauda Khabar

बर्तौला र ढकाल घरदैलोमा व्यस्त


मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका महेश कुमार बर्तौला र क्षेत्र नम्बर–२ को प्रदेशसभा ख मा उम्मेदवारी दिएका विष्णु प्रसाद ढकालले भीमफेदी गिाउँपालिकाको बिभीन्न वडाको घरदैलो कार्यक्रममा व्यस्त छन् ।

घरदैलो र टोल टोलमा आयोजित सभामा दुवै जना उम्मेदवारहरुले चुनाव जितेर गएपछी काठमाण्डौ र हेटौंडा केन्द्रीत भन्दा पनि यस क्षेत्रका नागरिकका हरेक समस्यामा सधै हातेमालो गरेर अगाडी बढ्ने बताए । स्थानीय बासिन्दाहरुले पुराना विजयी भएका नेताहरु चुनाव जितेर गएपछी आफ्ना क्षेत्रमा खासै नफर्किएको र अबका उम्मेदवारहरु अहिले चुनावका बेलामा आएजसरीनै पछी पनि आफ्ना समस्या समाधान गरेमा मतदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

बर्तौला र ढकालले भीमफेदी गाउँपालिका वडा नम्बर–१ को किसेडी, २ नम्बर वडाको कालिकाटार, ३ नम्बर वडाको केरावारी, ४ नम्बर वडाको चिउरी बगैचा लगायतका क्षेत्रमा घरदैलो र टोल टोलमा भएका सभालाई सम्बोधन गरे ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट