Techie IT
Hetauda Khabar

५ वर्षमा १० हजार गरिबका घर बनाउँछौँ – इन्द्र बानियाँ


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गरिब निमुखा जनतालाई सुरक्षित आवासको व्यवस्था गर्न ५ वर्षमा १० हजार घर बनाउने प्रतिवद्धता जनाएका छन् ।

भीमफेदी–९ बाघमारामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले प्रदेशमा गठबन्धनको सरकार बनेपछि गरिब, निमुखा तथा पिछडिएका वर्गलाई सुरक्षित आवास बनाइदिने बताएका हुन् । ‘आर्थिक अवस्था कमजोर भएकै कारण नाना, छाना र खानाबाट आम प्रदेशवासी बञ्चित हुनुपर्ने छैन । निर्वाचनपश्चात बागमती प्रदेशमा गठबन्धनको सरकार बन्छ । हामी ५ वर्षको अवधिमा १० हजार घर बनाउने योेजनमा छौं ।’ उनले भने ।

नेकपा एमाले सरकारमा छँदा पूर्वाधार विकासको कामलाई उपेक्षा गरे पनि गठबन्धनको सरकार आएसँगै १० महिनाको अवधिमा अरबौँ बजेट क्षेत्र नम्वर २ कै लागि विनियोजन गरिएको उनले बताए ।

उनले विश्व स्वास्थ्य संगठनले गाँजालाई लागूऔषधको सूचीबाट हटाइसकेको अवस्थामा गठबन्धनको सरकारले नेपालमा उत्पादित गाँजालाई औषधिका रुपमा विदेश निर्यात गर्ने र गाँजा ओसारपसारको केसमा परेकाहरुलाई विधेयक बनाएर जेलबाट निकाल्ने बताए ।

गठबन्धनको क्षेत्र नम्बर–२ प्रदेशसभा (क) की उम्मेदवार कुमारी मोक्तानले एमालेले आफ्नो प्रदेश र स्थानीय सरकार हुँदा विकासका कुनै काम गर्न नसकेको भन्दै गठबन्धनको प्रदेश सरकारले छोटो समयमा गाउँमा प्रयाप्त बजेट हालेको बताइन् । जनताको हरेक सुखदुखमा लोकतान्त्रिक बाम गठबन्धन साथमै रहने उनले प्रतिवद्धता जनाइन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट