Techie IT
Hetauda Khabar

हेटौंडाको खाद्य संस्थानमा एक पुरुष मृत फेला


हेटौंडा । हेटौंडामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका हुन् । अन्दाजी ५४ बर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान खुलेको छैन ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाका अनुसार बजार एरियामा प्लाष्टिक बटुल्दै हिड्ने उनी शनिबार बिहान मृत भेटिएका हुन् ।

घटनास्थलबाट शव हैटौंडा अस्पातलमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट