Techie IT
Hetauda Khabar

फेसबुक पोस्टमा यसरी गर्नुहोस् भ्वाइस कमेन्ट


सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले गत हप्ता फेसबुक ग्रुपमा अडयो कमेन्ट उपलब्ध गराएको जानकारी दिएको थियो । अहिले विश्वका विभिन्न क्षेत्रबाट केही प्रयोगकर्ताले ग्रुपका पोस्टमा भ्वाइस कमेन्ट गरिरहेका छन् । नेपालमा पनि कतिपय फेसबुक प्रयोगकर्ताले यो फिचर प्रयोग गरिरहेको पाइएको छ ।

विशेषगरी पुरानो अकाउन्ट भएका प्रयोगकर्ताले यो फिचर उपयोग गर्न पाएको देखिन्छ । सामाजिक सञ्जालका ग्रुपहरूमा अन्तर्क्रिया बढाउन फेसबुकले यो फिचर ल्याएको हो । यसमा प्रयोगकर्ताले आफूलाई इच्छा लागेको कुरा भ्वाइसबाट पठाउन सक्छन् । साथै उक्त भ्वाइससँगै टेक्स्ट पनि कमेन्ट गर्न सकिन्छ ।

जस्तो पहिलेको फिचरमा फोटोसँगै क्यापसन राख्न सकिन्थ्यो, त्यसरी नै अडियोसँग क्याप्सन राख्न सकिने भएको छ । अहिलेलाई फेसबुक मुख्य एपबाट भन्दा लाइट संस्करणबाट यो फिचर उपयोग गर्न सकिन्छ । हामीले परीक्षण गरेर हेर्दा त्यही फेसबुक ग्रुपका पाेस्टमा भ्वाइस कमेन्ट गर्न मिलिरहेको छ भने फेसबुककाे मुख्य एपबाट मिलेको छैन ।

यसको अर्थ अहिले फेसबुक लाइटबाट यो फिचर उपयोग गर्न सकिन्छ । फेसबुक ग्रुपमा भ्वाइस कमेन्ट गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

सबैभन्दा पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।

-त्यसपछि कुनै पनि ग्रुपमा जानुहोस् । (यो फिचर केही ग्रुपमा उपलब्ध भएको र केहीमा उपलब्ध नभएको पाइएको छ) ।

-त्यसपछि कमेन्ट बक्समा जानुहोस् ।

-त्यहाँ माइक्रोफोन, गिफ, एटदरेट, इमोजीको आइकन देख्न सकिन्छ । त्यसमा रहेको माइक्रोफोनको आईकनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि माइक्रोफोनको एक्सेस दिनुहोस् ।

-अब रेकर्डको अप्सनमा ट्याप गर्नुहोस् ।

-आफूले कमेन्ट गर्न चाहेको कुरा २० सेकेन्डभित्र भनिसक्नु पर्ने हुन्छ । फेसबुकमा भने लामो समयसम्मका लागि उपलब्ध हुनसक्छ ।

-त्यसपछि स्टप (Stop)अप्सनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि तल अडियो र माथि टेक्स्ट कमेन्ट गर्न भनिएको हुन्छ । आफूलाई इच्छा लागेको टेक्स्ट टाइप गर्नुहोस् ।

-त्यसपछि पोस्टमा ट्याप गर्नुहोस् । यसरी तपाईँले ग्रुपमा अडियो कमेन्ट गर्न सक्नुहुन्छ ।


क्याटेगोरी : सुचना-प्रविधि

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट