Techie IT
Hetauda Khabar

मन्त्रीको पीएसओ हेटौंडाको जंगलमा मृत फेला


हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगर-११ को पुन्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा मंगलवार एकजना पुरुष मृत फेला परे। रुखको फेदीमा कम्मरमा लाउने पेटीमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उक्त मृतक ईलाका प्रहरी कार्यालय खानिखोला धादिङ दरबन्दी भई हाल बागमती प्रदेश भौतिक योजना तथा पुर्बधार मन्त्रि युवराज दुलालको पिसिओ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरी गाउँपालिका वडा न.७ बिजौना घर भएका प्रहरी सहायक निरिक्षक रहेका मृतक यम बहादुर सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

शवलाई हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट