Techie IT
Hetauda Khabar

हेटौंडामा छठ पुजा स्थलको तयारी अन्तिम चरणमा (फोटोफिचर)


हेटौंडामा छठ पुजा स्थलको तयारी अन्तिम चरणमा पुगेको छठ पुजा समारोह समितिले जनाएको छ ।

अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न हुने छठपर्वको हेटौंडाको राप्तीतटमा भब्य तयारी गरिदैं छ । आज साझ सम्ममा छठ पुजाका लागी सम्पूर्ण सकिने समितिका अध्यक्ष शुशील प्रसाद शिनोरियाले जानकारी दिए ।

छठलाई भव्य रूपमा मनाउन हेटौँडा उपमहानगरपालिका– १ राप्तीतटमा ६ सय फिट लामो पण्डाल बनाइएको छ। समितिका अनुसार करिव ५ सयबढी पुजा गर्ने भक्तजन र ६० हजार भन्दा बढी दर्शनार्थीहरुको उपस्थिति हुने अनुमान छ  । पुजा गर्न आउने भक्तजनका लागी रातभर जाग्राम बस्न उचित व्यवस्था गरिएको समितिले जनाएको छ ।

छठ पर्व अन्तरगत आज व्रतालुले ‘खरना’ मनाउँदैछन् । हिजो ‘नहाय–खाय’ गरेर व्रत सुरू गरेका श्रद्धालुले आज खरना गर्न लागेका हुन् । छठको दोस्रो दिन दिनभर व्रत बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ ।

यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ ।

भोलि निराहार व्रत बसेर जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । पर्सि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सकिन्छ । पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट