Techie IT
Hetauda Khabar

जुवा खेलिरहेको अवस्थामा हेटौंडाबाट १८ जना पक्राउ


जुवा खेलिरहेको अवस्थामा हेटौंडाबाट १८ जना पक्राउ छन् ।

हेटौंडा उपमहानगरपालिका-६ चौघडा स्थित ध्रुब राइको घरमा जुवा खेलिरहेकालाई प्रहरीले पक्राउ गरेको बताएको छ । उनीहरुको साथबाट १७ थान कौडा, ३१ हजार ८ सय २० रुपैंया नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिशेष सुचनाको आधारमा चौघडा प्रहरी चौकीबाट गएको टोलीले च्याखे थाप्ने, हेर्ने १७ जना पुरुष र घरबेटी १ जना पुरुष गरी  १८ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #पक्राउ

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट