Techie IT
Hetauda Khabar

मेयर बालेनको चेतावनी – गाडी रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु


काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक संजाल फेसबुकमा सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका छन् ।

शनिबार साझ उनले फेसबुकमा महानगरपालिकाका कुनै पनि गाडी सरकारले रोकेमा सिंहदरबारमा आगो लगाइदिने चेतावनीसहितको स्टाटस लेखेका छन् । उनले लेेेेखेका छन्, ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

उनको यस्तो पोस्ट आएपछी सामाजिक संजालमा विभिन्न टीका टिप्पणी भैरहेका छन् । केहिले उनको समर्थन गरेका छन् भने धेरैले उनलाई सामाजिक संजालमा जथाभावी नलेख्न सुझाव दिएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट