Techie IT
Hetauda Khabar

वर्ल्डलिङ्कले जित्यो अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३


वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३’ जितेको छ । ग्रोथ लिडरशिप एकेडेमीले शुक्रबार आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रममा वर्ल्डलिङ्कले इन्टरनेट सेवा प्रदायककाे विधामा सो अवार्ड जितेको हो ।

करिब तीन महिनादेखिकाे सर्वेक्षण र अध्ययनपछि वर्ल्डलिङ्कलाई यो विधामा उत्कृष्ट घोषित गरिएको हो । मनाेनयनमा परेका कम्पनीहरूको बजार गतिविधि, सेल्स तथा बीटुबी इन्टरयाक्सन (अन्तर्क्रिया), सामाजिक सञ्जालमा ग्राहकसँगकाे व्यवहार आदिका आधारमा मूल्याङ्कन गरिएको आयाेजकले जानकारी दियाे ।

इन्टरनेट सेवा प्रदायक विधामा वर्ल्डलिङ्कसहित डिश मिडिया नेटवर्क लिमिटेड र भायानेट कम्युनिकेसन लिमिटेड मनोनयनमा परेका थिए ।


क्याटेगोरी : समाचार, सुचना-प्रविधि, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट