Techie IT
Hetauda Khabar

हेटौंडाको होटल एभोकाडोको जुवाको खालमा प्रहरीको छापा, पाँच जना पक्राउ


हेटौंडाको होटल एभोकाडोमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका २ मा रहेको एभोकाडो होटलबाट प्रहरीले जुवा खेल्नेसंगै २ लाख ५४ हजार ४ सय २० रुपैयाँ बरामद बरामद गरेको छ । जुवा खेल्दै गरेको भन्ने सुचनाका आधारमा प्रहरीले साँझ ६ बजे छापा मार्दा नगद सहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

होटलको कोठा नंम्बर २०८ मा अबैध जुवा खेली रहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले जुवाडेहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर– १ बस्ने ४० वर्षिय बलराम बिश्वकर्मा, हेटौंडा वडा नम्बर– १२ बस्ने ३५ वर्षिय दिपक घले, चितवन भरतपुर महानगरपालिका वडा नम्बर– २ घर भई हाल हेटौडा उपमहानगरपालिक वडा नम्बर– ४ बस्ने ४५ वर्षिय सुन्दर कुमार श्रेष्ठ, हेटौडा उप महानगरपलिका वडा नम्बर–५ बस्ने ३४ वर्षिय सहदेव लम्साल र हेटौंडा– ४ बस्ने ४२ वर्षिय प्रकाश मानन्धर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट २ बुक सिल भएको तास, २ बुक खुल्ला तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थानसहित बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट