Techie IT
Hetauda Khabar

देशभरका १०६ परिवारलाई विद्युतीय चुलो वितरण गर्दै वर्ल्डलिङ्क


इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कले देशभरका आफ्ना १०६ कर्मचारीलाई निःशुल्क विद्युतीय चुलो उपलब्ध गराउने भएको छ । कम्पनीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विद्युतीय चुलो (इन्फ्रारेड कुकटप) वितरण गर्ने भएको हो ।

टेकपानासँग कुरा गर्दै वर्ल्ड लिङ्कका निर्देशक मनोज अग्रवालले देशका विभिन्न ठाउँमा विद्युत पुगिसकेकाले विद्युतीय चुलो वितरण गर्न लागेको बताएका छन् । ”कर्मचारीको पृष्ठभूमि हेरेर कर्मचारी छनौट गरिएको छ,” उनले भने, ”हाम्रा आन्तरिक कर्मचारी पनि देशका विभिन्न ठाउँबाट हुनुहुन्छ । त्यसैले हामीले यसको सुरुवात कम्पनीबाट नै गरेका हौँ ।”

यसभन्दा अघि कम्पनीले विभिन्न कर्मचारीलाई विद्युतीय चुलोका लागि आवेदन दिन लगाएको थियो । सोही आवेदनका आधारमा छनौटमा परेका १०६ कर्मचारीलाई विद्युतीय चुलो वितरण गर्न लागेको अग्रवालले बताएका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उपलब्ध गराउने इन्फ्रारेड चुलोले स्वच्छ ऊर्जाको प्रवर्द्धनमा प्रत्यक्ष रूपमा योगदान पुर्‍याउने कम्पनीको विश्वास छ । दिगो विकासका विभिन्न सात लक्ष्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण गर्ने तयारी गरिएको उल्लेख छ ।


क्याटेगोरी : समाचार, सुचना-प्रविधि, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट