Techie IT
Hetauda Khabar

हेटौंडा सडक विस्तार- सडकसिमा भित्र पर्ने व्यवसायीलाई सामान सार्न सडक डिभिजनको आग्रह


डिभिजन सडक कार्यालय हेटौंडाले हेटौंडाको मुख्य बजार क्षेत्रको २५/२५ गज अर्थात २२ दशमलब ८६ मिटर सडकसिमा भित्र परेका व्यवसायीलाई तत्काल आफ्नो सामान सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ ।

हेटौंडाखबर संग कुराकानी गर्दै डिभिजन सडक हेटौंडाका प्रमुख  राजेशप्रसाद यादवले हालसम्म पनि व्यवसायीले आफ्नो व्यवसाय स्थानान्तरण नगरेकाले तोकिएको सडकसिमा भित्र पर्ने व्यवसायीलाई तुरुन्दै सामान हटाउनका लागि आग्रह गरिएको बताएका छन् ।

डिभिजन सडक कार्यालयले यही साउन १६ गतेबाट हेटौंडा-१५ रातोमाटेदेखि हेटौंडाको राप्ती पुलसम्म एकैसाथ जुनसुकै स्थानबाट सडक विस्तार सुरु गर्ने बताएको छ ।

सडक विस्तार गरिनेबारे सुचना प्रकाशन भएको समयसीमा सकिनै लाग्दासमेत व्यावसाय अन्यत्र नसारेकाले सडक डिभिजन कार्यालयले पुनः यस्तो आग्रह गरेको हो ।

“हामी सडक विस्तारको तयारी अवस्थामा छौं, जुनसुकै स्थानबाट काम सुरु हुन्छ, लाखौँ, करोडौंको सामानमा क्षति पुग्न सक्छ कृपया व्यवसायीलाई सामान सारिहाल्नको लागि हामि अनुरोध गर्दछौं”, डिभिजन प्रमुख यादवले भने ।

दिइएको समयसीमा अटेर गरेर बसे र सडक विस्तारका क्रममा सडकसिमा भित्र परेकाहरुको संरचना या सामानमा क्षती पुगे सडक डिभिजन जिम्मेवार नहुनेसमेत उनले बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #२५ मिटर सडक विस्तार, #मकवानपुर, #सडक डिभिजन हेटौंडा, #हेटौंडा, #हेटौंडा उपमहानगरपालिका, #हेटौंडा सडक विस्तार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट