Techie IT
Hetauda Khabar

हेटौंडा सडक विस्तार- डोरमणि पौडेल भन्छन् सबैभन्दा पहिला मेरै घर भत्काउछु (भिडिओ)


बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले सडक विस्तार हुँदा सबैभन्दा पहिले आफ्नो घर भत्काउने बताएका छन् ।

हेटौंडाखबर संग कुराकानी गर्दै उनले केहिले आफुलाई विकास विरोधी भनेपनि सडक विस्तारका बेला सुरुमा आफ्नो घर भत्काउन लगाउने बताए ।

पौडेललाई हेटौंडामा २५ मिटर सडक विस्तार हुँदा आफ्नो घर भत्किने डरले बजार भत्काउन नखोजेको आरोप लाग्दै आएको छ । हेटौंडाको मुख्य बजारको सडकसिमा भित्र पौडेलको पनि घर पर्छ ।

उनले विकासका नाममा जनतालाई सडकमा पुर्याउन नहुने र मुवाब्जा नपाएका जनतालाई क्षतिपुर्ति दिएर मात्र सडक विस्तार गर्नुपर्ने बताए  ।

“बजार भत्काउँदा जनताको ठुलो क्षति हुन्छ, त्यो क्षतिको सरकारले क्षतिपुर्ति दिएर मात्र भत्काउनु पर्छ”, उनले भने ।

“सडक विस्तारमा मेरो घर कुनै कारण हैन, १६-१६ मिटर भत्काउने हो भने नि मरो घर सबै जान्छ, त्यसमा मैले ओके गर्दैनथे होला, बिपक्षि विरोधीले दोष लगाएर हुँदैन, मेरो घर पर्दैमा भत्काउन रोक्नुपर्छ भन्ने हैन” ।

डिभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते सुचना जारी गर्दै ३५ दिन भित्र २५ गज सडक सिमा भित्र पर्ने संरचना खाली गर्न भनेको छ ।

यसअघि हेटौंडाबजार भत्काउन सुरु गरेपछी यहाँका केहि घरधनीले अदालतमा रिट दायर गरेपछी अदालतले स्टे अर्डर दिएको थियो। २५ मिटर सडक विस्तारकै मुद्धामा सर्वोच्च अदालतले २५/२५ गज भत्काउन मिल्ने र त्यस भन्दा बढी भत्काउन परे क्षतिपुर्ति दिनुपर्ने भनि उत्प्रेषण आदेश दिएको थियो ।

अदालतकै आदेशलाई टेकेर सडक कार्यालयले २५/२५ गज भत्काउने तयारी गरेको छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ ।


क्याटेगोरी : भिडियो, मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #२५ मिटर सडक विस्तार, #डोरमणि पौडेल, #सडक डिभिजन हेटौंडा, #सडक विस्तार, #हेटौंडा, #हेटौंडा उपमहानगरपालिका

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट