प्रदेश ३ को स्थायी राजधानी काहाँ रहने र नाम के भन्ने बिषय अझै अन्योलमै छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नामाकरण र राजधानीको बिषय ठुलो कुरो नभएको प्रतिक्रिया दिइरहेका छन् । उनका अनुसार अब बस्ने प्रदेश सभा बैठकबाट प्रेदेश ३ को स्थायी राजधानी टुंगो लाग्नेछ ।
विभिन्न दलका नेता तथा सांसदले फरक-फरक स्थानमा स्थायी राजधानीका लागी उपयुक्त भनि तर्क गरिरहेका छन् । यसले सहमति अझै जुट्न नसकेको बुझ्न सकिन्छ ।
यस्तै हेटौंडा मै स्थायी राजधानी उपयुक्त छ भनि विविध कार्यक्रम गर्दै आइरहेको छ जन सरोकार केन्द्र मकवानपुरले । स्थायी राजधानी हेटौंडामै सबै कुराले ठिक छ भनि जन सरोकार केन्द्र मकवानपुरका संयोजक तथा अधिवक्ता ध्रुब प्रसाद चौलागाईले भिडियो पनि बनाएका छन् ।
एक बर्ष अघि बनाइएको यो भिडियोमा के-के कारणले स्थायी राजधानी हेटौंडा उपयुक्त छ उल्लेख गरीएको छ ।
हेर्नुस भिडियो