Techie IT
Hetauda Khabar

हेटौंडा बजार भत्काउन ३५ दिने सूचना, दायाँ बायाँ २५-२५ गज सडक विस्तार हुने

संरचना नभत्काए सडक ऐन अनुसार भत्काएर खर्च असुल गर्ने


हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउन संघिय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले आज फेरी सूचना जारी गरेको छ । पटक पटक सूचना जारी गरेपनि पुर्ब पस्चिम राजमार्ग सडकको दायाँ बायाँ २५ मिटर सडक बिस्तार गर्न सकेको थिएन ।

पुनः सडक डिभिजन हेटौंडाले सुचना जारी गर्दै राष्ट्रिय राजमार्गका अतिक्रमण गरी बनाईएका संरचना ३५ दिन भित्र हटाउन भनेको छ । जारी सुचनामा ७५/७५ फिट सिमा भित्र परेका संरचना हटाउन भनिएको छ ।

‘हेटौंडा-१४ महेन्द्र राजमार्गको रातोमाटे-बुद्धचोक, राप्तीपलसम्मको सडक सीमा सड़क केन्द्रबाट २५/२५ मिटर दायाँ-बायाँ कायम भएको कुरा विदित छ । उत्तः सडक सीमाभित्र घर-टहरा निर्माण गर्न नाली पुरेर प्रवेश सार्ग बनाउन सडक संरचना भत्काउन, ढल तथा पानी सडक तथा सडक किनारको नालामा मिसाउन  कुनै प्रकारको स्वीकृति बिना बनेका संरचना तथा यस्तै प्रकृतिका अन्य यातायात संचालन एवम्‌ सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न सार्वजनिक सडक ऐन २०३१ ले निषेध गरेको छ’, सुचनामा भनिएको छ ।

यसअघि हेटौंडाबजार भत्काउन सुरु गरेपछी यहाँका केहि घरधनीले अदालतमा रिट दायर गरेपछी अदालतले स्टे अर्डर दिएको थियो। २५ मिटर सडक विस्तारकै मुद्धामा सर्वोच्च अदालतले २५/२५ गज भत्काउन मिल्ने र त्यस भन्दा बढी भत्काउन परे क्षतिपुर्ति दिनुपर्ने भनि उत्प्रेषण आदेश दिएको थियो ।

अदालतकै आदेशलाई टेकेर सडक कार्यालयले २५/२५ गज भत्काउने तयारी गरेको छ । २५ गज भन्नाले २२ दशमलब ८६ हुन्छ ।

“सम्मानित सर्वोच्च अदालतको मिति २०७८-०९-१९ को उत्प्रेषण आदेशमासमेत उक्त खण्डको सडकसिमा केन्द्रबाट २५/२५ गज (७५/७५ फिट) कायम भएको उल्लेख भएको हुँदा उक्त क्षेत्रभित्र बनेका स्थायी/अस्थाई घर-टहरा तथा अन्य संरचना भत्काउन यस अगाडी विभिन्न मितिमा सुचना जारी हुँदापनि नहटाएकाले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सडकसिमा भित्र पर्ने सम्पूर्ण संरचना हटाउन अनुरोध छ”, सुचनामा भनिएको छ ।

३५ दिनभित्र सडकसिमा अतिक्रमण गरि बनाइएका संरचना नहटाएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक डिभिजन कार्यालयले नै भत्काउने र सो बापतको लाग्ने खर्च सम्बन्धित घरधनीबाटै असुल उपर गर्ने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट