Techie IT
Hetauda Khabar

हेटौंडामा दुर्घटना- एक जनाको मृत्यु, तीन घाइते


हेटौंडामा मोटरसाईकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुवै सवारीका अन्य ३ जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका १८ स्थित सडकखण्डमा बुधबार बिहान भएको दुर्घटनामा हेटौंडा १८ रामधुनि बस्ने अन्दाजि १८ वर्षीय अर्जुन बोम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बोम्जनसंगै मोटरसाइकलमा सवार घाइते बर्ष १७ का सुजन घलानको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ भने स्कुटर चालक र सवार दुई जनाको थप उपचारको लागि चितवन रिफर गरिएकोे प्रहरीले जनाएको छ ।

स्कुटर चालक बागमति गाँउपालिका वडा नम्बर ८ बस्ने अन्दाजि बर्ष २४ कि सुसिला वाईवा र बर्ष २७ कि ललिता मगर रहेको प्रहरिले जनाएको छ ।

धरान चतरा सडकखन्ड अर्तरगत हटिया चिसापानीबाट बकैयातर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आउदै गरेको बा प्र ०३-०५ प ७११ नम्बरको स्कुटर एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #दुर्घटना, #हेटौंडा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट