Techie IT
Hetauda Khabar

आचारसंहिता उलंघन बारे किसान श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण


निर्वाचन आयोगले प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं.४ का उम्मेदवार कृष्णकुमार (किसान श्रेष्ठ) लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठको विषयमा केही दिन अघि युट्युबमा सार्वजनिक भिडियो प्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘किसान श्रेष्ठकाे चुनावी फन्डा’ भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियो मार्फत् बाराका युवाहरूलाई श्रेष्ठले फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा पठाउँने प्रलोभन दिएको भन्दै त्यस प्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #चुनाव, #निर्वाचन, #प्रतिनिधिसभा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट