Techie IT
Hetauda Khabar

युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके ‘राधे’ पक्राउ


धादिङमा एक युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् ।

धादिङ सदरमुकामको अस्पताल चोक बीचबजारमा भिमबहादुर गुरुङलाई खुकुरी प्रहार गरेको आरोपमा उनी पक्राउ परेका प्रहरीले जनाएको छ । हिजो बेलुका ना ८७ प १९५० नम्बरको मोटरसाइकलमा रहेका नीलकण्ठ नगरपालिका–४ का २५ वर्षका गुरुङलाई ३९ वर्षका भण्डारीसहित अरु केहिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम खत्रीले जानकारी दिनुभयो ।

दायाँ हातमा चोट लागेका घाइते गुरुङको धादिङ अस्पतालमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार, स्थानिय
ट्याग : #गुण्डा, #धादिङ, #पक्राउ

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट