Techie IT
Hetauda Khabar

मकवानपुरमा दारको ठेकी बनाएर पहिचान जोगाउँदै महिला


हेटौडा । बिहानदेखि बेलुका अबेरसम्म उनको हातमा बासिला र रामो टुट्दैन । उनी अधिकांश समय काठको ठेकी बनाउनमै व्यस्त हुन्छिन् । हेटौडा उपमहानगरपालिका–७ न्युरेनीकी सम्झना कोइराला विगत केही समयदेखि काठको ठेकी र फ्रेम बनाउँदै आएकी छन् ।

हेटौडा उपहानगरपालिका९५ स्थित पिप्ले सामुदायिक वन उपभोक्ता समितिको तालिम भवनमा अहिले उनी काठको ठेकी बनाउँदैछिन् ।उनलाई सरस्वती राईले साथ दिँदै आएकी छिन् । कोइरालाले काठको ठेकी र फ्रेम बनाउने तालिम सिकेपछि यसलाई व्यवसायिक रुपमा निरन्तरता दिँदै आएकी छन् । तर काठको अभाव र उत्पादित वस्तुको बजारको समस्याका कारण उनको व्यवसाय फष्टाउन सकेको छैन । तर पनि उनले हरेश खाएकी छैनन् ।

उनको व्यवसाय सुस्त गतिमा अघि बढिरहेको अवस्थामा सामुदायिक विकास तथा सचेतना नेपालको आयोजना तथा एफएओ र हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौडा –५ पिप्लेमा ठेकी बनाउने तालिम दिन सुरु गरेको थियो । उक्त तालिममा सम्झना र सरस्वती पनि सहभागी थिए । आफ्नो सीपलाई अझ परिस्कृत गर्नका लागि ठेकी बनाउने तालिममा उनीहरु सहभागी भएका हुन् ।

तालिममा २० जना महिला र ५ जना पुरुष गरेर २५ जना सहभागि थिए । २० दिने तालिम गत साता सकिएको थियो । ठेकी बनाउने प्रशिक्षक धादिङ जिल्लाबाट ल्याइएको थियो । प्रशिक्षक सानोभाई चुनारबाट चुनारबाट ठेकी बनाउन तालिम पाउँदा अझ आफ्नो सीप तिखारिएको सुनाउँदै सम्झनाले भनिन्,‘ अब दारको ठेकी बनाउन अझ सहज भएको छ ।’

उनी बिहानदेखि नै पिप्ले सामुदायिक भवनमा ठेकी बनाउन व्यस्त हुन्छिन्। सानो ठुलो सबै खालका ठेकी उनी तयार पार्न सक्छिन् । अहिले बिक्री पनि भइरहेको छ । कोइराला र राई अहिले २० माना अट्ने क्षमताको दारको ठेकी बनाइरहेका छन् । तयार भएपछि यसको ७९८ हजारसम्म मूल्य पर्ने उनीहरु बताउँछन् । यो ठेकी तयार गर्न २ जनालाई २ दिन लागेको छ ।जिल्लाको एतिहासिक चिनारीको रुपमा रहेको काठको ठेकीको संरक्षणमा विशेष गरी हेटौडा उपमहानगरपालिकाले सक्रियता देखाएकाले ठेकीको उत्पादन र विक्रीमा सहज भएको कोइरालाले बताइन् ।

दारको ठेकी उत्पादनका लागि उपमहानगरपालिकाले तालिमका साथै बजारको पनि व्यवस्था गरिदिएको छ । उपमहानगरले दिने उपहारहरु यहाँ उत्पादन गरिएका ठेकीहरु नै दिने गरेको छ ।‘विशेष गरी महिलाहरुले उत्पादन गरेका वस्तुहरु उपहार दिने गरेका छौँ,ु उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले भनिन्, ‘जिल्लाको चिनारीको रुपमा रहेको ठेकी लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणमा उपमहानगरपालिकाले ध्यान दिएको हो ।’

दारको ठेकीका लागि विगतमा मकवानपुर प्रख्यात थियो । अहिले दारको काठको अभाव एकातिर छ भने अर्कोतिर ठेकी बनाउने सीप भएका व्यक्तिहरुको अभाव छ । दारको ठेकी बनाउने प्रशिक्षक नपाएर धादिङवाट ल्याउनु परेको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले बताए ।

ठेकी बनाउने मानिसहरु व्यवासायिक रुपमा नै पलायन भएका प्रशिक्षक सानोभाई चुनारले भने,‘यो पेशा गरेर हातमुख जोर्न पुग्दैन ।’ ठेकी बनाउनलाई दारको रुख छैन, भएपनि वनले काट्न दिँदैन, बल्ल९बल्ल दारको काठ पाएर २९३ दिन लगाएर २० माना अट्ने ठेकी बनायो फेरि बिक्री हुदैन,ु उनले भने ।

अहिले ठेकीमा दही जमाउने र मोही पार्ने चलन हराएको छ । दही जमाउने र मोही पार्ने काम सिल्भरको भाडामा गर्न थालिएको छ । जसकारण काठको ठेकीको प्रयोग घट्दो छ। सीप हस्तान्तरण हुन नसकेको र अर्कोतिर आफ्ना पुस्तौली परम्परालाई पनि जगेर्ना गर्ने चलन नभएकाले काठको ठेकीको प्रयोग हराउँदै गएको हेटौडा उपमहानगरपालिका—१७ का ८२ वर्षीय कृष्ण प्रसाद नेपालले बताए ।

‘अब ठेकीमा दही जमाउने र मोही पार्ने चलन हरायो,’ नेपालले भने । दारको ठेकीकोमात्र होइन, दारको रुखनै लोप हुने अवस्थामा पुगेकाले दारको संरक्षण गर्न मकवानपुरको भीमफेदीमा दार पकेट क्षेत्र घोषणा गरेर दारको संरक्षण र प्रवर्द्धन गरिएको छ । मकवानपुरमा डिभिजन वन कार्यालयबाट मनहरी लगायतका स्थानमा गरी ३५ सयभन्दा बढी दारको बिरुवा रोपण गरिएको छ । इकान्तिपुरबाट ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट