मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश अध्यक्षमा समिम निर्विरोध
हेटौंडा । नेपाल मुस्लिम इत्तेहाद संगठनको बागमती प्रदेश अध्यक्षमा मकवानपुरका महम्मद समिम निर्विरोध निर्वाचित भएका छन् । हेटौंडामा भएको प्रथम अधिवेशनबाट समिमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी निर्माण भएको छ ।
संगठनको उपाध्यक्षमा निसारुद्दिन मिया, मजित सिद्धिकी, सचिवमा रहिमुद्दिन मिया तथा सह सचिवमा जुबेर मिया चयन भएको आयोजक कमिटीले जनाएको छ ।
अध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिया दिँदै समिमले बागमती प्रदेशमा राम्रो उपस्थिति रहेको मुस्लिम समुदायको हक अधिकार स्थापित गर्न आफू लागिपर्ने बताए ।
नेपालको सन्दर्भमा पछि परेको मुस्लिम समुदायलाई मूलधारमा ल्याउन बागमती प्रदेश कमिटीले भूमिका खेल्ने उनको भनाइ रहेको छ ।
क्याटेगोरी : मुख्य खबर, स्थानिय
प्रतिक्रिया