बासुकला फास्टफुड २८ औं वर्षमा
हेटौंडा-४ पारिजातपथमा रहेको बासुकला फास्टफुड २८ औं वर्षमा प्रवेश गरेको छ ।
विभिन्न खाजाका परिकार संगै विशेष गरी नेवारी परिकार उपलब्ध गराउने बासुकलाले आफ्नो २८ औं स्थापना उत्सव मनाएको हो ।
होटल स्थापनाको २८ वर्षको अवसरमा ग्राहकलाई छुटको व्यवस्था गरिएको बासुकलाका संचालक केशव बासुकलाले बताए ।
उनका अनुसार बासुकलामा थप फरक र नयाँ परिकारको स्वाद थपिएको छ । खाजाका लागि चर्चित होटल बासुकलाले सुपथ मुल्यसहित घर र अफिसमा डेलिभरी सुविधा दिइरहेको बताएको छ ।
क्याटेगोरी : स्थानिय
प्रतिक्रिया