Techie IT
Hetauda Khabar

बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भए शालिकराम जमकट्टेल


बागमती प्रदेशको चौंथो मुख्यमन्त्री माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जमकट्टेल बन्ने भएका छन् ।

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक ले बागमतीमा पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमती भएको हो । प्रदेशमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएको हो ।

उनी प्रदेशको कामचलाउ आर्थिक मामिला तथा कानुन मन्त्रीसमेत हुन् । प्रदेशसभाको पहिलो कार्यकालमै तत्कालीन नेकपा सरकारमा जम्मकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

बागमती प्रदेश्सभाको सभामुख राप्रपाले पाउने भएको छ । एमालेले उपसभामुख लिने सहमति भएको बताइएको छ ।

प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० सिट संख्या रहेकोमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा बागमतीमा सहजै सरकार बन्नेछ ।

प्रदेशमा कांग्रेसको ३७ जना संसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बनिसकेका छन् । बागमतीले दोस्रो कार्यकालका लागि सोमबार मुख्यमन्त्री पाउनेछ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले २५ पुस (सोमबार) अपराह्न ४ बजेसम्ममा दाबी पेश गर्ने समय दिएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट