कसरी मनाउने भ्यालेन्टाइन डे ? के उपहार दिने ?
हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ ।
विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो ।
प्रेमी र प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुसी प्रकट गर्दै भविष्यमा अझै गाढा प्रेम बसोस् भनी कामना गर्ने दिन पनि हो । भ्यालेन्टाइन डे विशेष बनाउन ठूलै योजना बनाएर घुम्ने र धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन ।
आजको दिनलाई यसरी सामान्य ढंगले मनाएर पनि स्मरणीय बनाउन सकिन्छ ।
एक–अर्कासँग प्रशस्त समय बिताउने
प्रणय दिवसजस्तो विशेष दिनमा एक–अर्कासँग समय बिताउनु नै सबैभन्दा ठूलो उपहार हो । यसका लागि घरमै वा बाहिर दुवैजनालाई मनपर्ने ठाउँ रोज्न सकिन्छ।
दिनको सुरुवात र अन्त्य विशेष बनाउने
अन्य दिनभन्दा आजको दिन विशेष बनाउन बिहानको सुरुवाती र रातको अन्त्यमा सम्बन्ध अझ प्रगाढ बनाउने कोसिस गर्नुहोस् । एक–अर्कालाई मनपर्ने क्रियाकलाप गर्नुहोस् । त्यस्तै, मनपर्ने खाना खाएर र उपहार साटासाट गरेर विशेष बनाउन सकिन्छ ।
वातावरण रोमान्टिक बनाउने
वातावरण रोमान्टिक बनाउन फूल, चकलेट आदि प्रयोग गर्न सकिन्छ । एक–अर्कासँग टाढा भएका जोडीले फूल तथा उपहार पठाउन सकिन्छ । वैज्ञानिक तथ्यअनुसार फूलले मानिसमा सकारात्मक प्रभाव पार्छ । त्यसैले, सरप्राइजको रूपमा फूल पाउँदा सम्बन्ध प्रगाढ बनाउन मद्दत पुग्छ ।
योजना बुन्ने
आफ्नो प्रेमी वा प्रेमिकालाई खुसी बनाउन कुनै विशेष योजना बनाउनुहोस् । यसका लागि आफूले भेट्ने ठाउँमा फूल र उपहारले सजाउन सकिन्छ । यसबाहेक एक–अर्काका विशेष हुनका लागि मन पर्ने पर्फ्युम, ड्रेसअप लगाउन आवश्यक छ ।
लभलेटररगीतरकविता लेख्ने
आफ्नो जीवनमा प्रेमी वा प्रेमिकाको महत्व झल्काएर सम्बन्ध अझ प्रगाढ बनाउन आवश्यक छ । यसर्थ, उसका लागि लभलेटर, कविता लेख्ने कोसिस गर्नुहोस् । यसले प्रेमी वा प्रेमिकालाई थप आकर्षित बनाउन सहयोग गर्छ । अझ माहोल रमाइलो बनाउन मनपर्ने गीतसमेत गाउन सकिन्छ ।
दुवैलाई मनपर्ने कुनै काम गर्ने
यही नै गर्नुपर्छ भन्ने नभए पनि दुवैलाई मनपर्ने कुनै काम गर्न सकिन्छ । सँगै बसेर काम गर्दा झन् रमाइलो महसुस गर्न सकिन्छ । समय भएमा कतै टाढा पनि जान सकिन्छ ।
सरप्राइज दिने
सरप्राइज दिँदा प्रायः हरेक मानिस खुसी हुने गर्छन् । यसर्थ, आफ्नो प्रेमीरप्रेमिकालाई खुसी बनाउन पनि कुनै विशेष सरप्राइज दिन उपयुक्त हुन्छ । त्यसका लागि मनपर्ने पर्फ्युम, गहना, कपडा, घुम्न जाने टिकट आदि दिन सकिन्छ ।
भ्यालेन्टाइनका उपहार
आज भ्यालेन्टाइन डे । प्रेमी–प्रेमिकाहरूले यस अवसरमा उपहार साटासाट गर्छन् । मानिसले आफ्ना बच्चा, अभिभावक र मिल्ने साथीलाई पनि माया दर्शाउन उपहार दिने गर्छन् । भ्यालेन्टाइन डेलाई यादगार बनाउने केही उपहार यस्ता छन् ।
गुलाफ : यो फूललाई प्रेम, स्नेह र सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले प्रेम अभिव्यक्त गर्नका लागि मानिस एक–अर्कालाई गुलाफ दिन्छन् । अलग–अलग रङका गुलाफले अलग अर्थ दिन्छ । जस्तो, पहेँलो गुलाफले मित्रता, सेतो गुलाफले सम्बन्धको सुरुवात, रातो गुलाफले प्रगाढ प्रेमको प्रतिनिधित्व गर्छन् ।
फोटो फ्रेम : कसैले लामो समय सम्झिरहोस् भन्ने चाहना राखेर फोटो फ्रेम दिन सक्नुहुन्छ । फोटोले सधैँ आफ्ना नजिकका मानिसको सम्झना गराउँछ ।
डायरी : यादगार रहने अर्को उपहार डायरी हो । डायरीमा मानिसले आफ्नो दैनिकी वा आफूलाई मनपरेका कविता, गजल वा अनुभव लेखेर संग्रह गर्न सक्छन् । यसबाहेक घडी, टेडिबियर, पर्फ्युम, कप, किरिङलगायत पनि भ्यालेन्टाइनमा धेरै प्रयोग हुने उपहार हुन् ।
क्याटेगोरी : रोचक, स्वास्थ्य-जिवनशैली
प्रतिक्रिया