Techie IT
Hetauda Khabar

हेटौंडामा ‘जलवायुका लागी साईकल यात्रा’ गरिने


दिगो विकास इन्स्टिच्युटले हेटौंडामा ‘जलवायुका लागी साईकल यात्रा’ आयोजना गर्ने भएको छ ।

जलवायु परिवर्तनका विषयहरुमा छलफल गर्न यो बर्ष इजिप्टमा आयोजना हुने २७ औं अन्तराष्ट्रिय जलवायु सम्मेलन (COP-27)को पुर्व सन्ध्यामा हेटौंडासहित नेपालका ७ शहरमा साइकल यात्रा गर्न लागेको दिगो विकास इन्स्टिच्युटकी  मकवानपुर प्रतिनिधि प्रसन्नता लामिछानेले जानकारी दिइन् ।

जलवायु परिर्वतनका प्रकोपसंग जुध्नु परेका राष्ट्रहरुको ऐक्यबद्धता स्वरुप नेपालका  हेटौंडा, बिराटनगर, पोखरा, काठमाडौं, धुलिखेल, भैरहवा र धनगडीसहित एसियाका विभिन्न ५० वटा सहरमा एकै पटक साइकल र्याली आयोजना गर्न लागेको दिगो विकासले जनाएको छ ।

हेटौंडामा एपिएमडीडी, क्लाइमेट चेन्ज समर स्कुल, सिजीएसएस अल्मुनी, एनवाईसी हेटौंडा,नेप्लिज युथ फर क्लाइमेट एक्सन, युथ रेड क्रस हेटौंडा, हिमालयन राइडर सोसाइटी र मकवानपुर जिल्ला साइकल संघको सहकार्यमा साइकल यात्रा हुने आयोजकले जनाएको छ ।

साईकल यात्रा यही कार्तिक २० गते बिहान ७ बजे हेटौंडाको हुप्रचौरबाट सुरुहुने बताइएको छ । हुप्रचौरबाट सुरु भई बुद्दचोक,नगरपालिकारोड हुदै पुनः हुप्रचौरमा आएर समापन गरीले लामिछानेले बताईन् ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट