Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप- वीरगञ्जलाई हराउदै क्यामरुन सेमिफाइनलमा


हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को आजको खेल एभिनियर एफसी क्यामरुनले जितेको छ । जित संगै क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै क्यारुनी टोलीले अन्तिम चारमा स्थान बनाएको हो । एभिनियर एफसीको जीतमा यानिक योहाना र साबाले गोल गरेका थिए । यानिकले खेलको मिनेट ३९ र साबले ७४ औं मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच वीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताअन्तर्गत् विहीबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी गोल्डकपमा १२ वटा टीमको सहभागिता रहेको छ । खेलको फाइनल फागुन १० गते हुनेछ भने खेलको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


क्याटेगोरी : खेलकुद, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट