Techie IT
Hetauda Khabar

मकवानपुरमा एक क्विन्टल ५८ के.जी गाँजा सहित १ जना प्रहरी नियन्त्रणमा


मकवानपुर प्रहरीले १ क्विन्टल ५८ के.जी लागूऔषध गाँजा बरामद गरेको छ ।

आइतबार राती मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेबाट ट्रकमा लुकाएको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुर बाट खारिएको प्रहरी टोलीले ज्यामिरे स्थित पुर्व-पश्चिम सडक खण्डको किनारामा शंकास्पद रुपमा रोकेर राखेको ना.६ ख ४५२० न. को डिब्बा ट्रक चेकजाँच गर्दा ट्रकको क्याबिनमा लुकाई छिपाई राखेको अबस्थामा १५८ के.जी लागूऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

ट्रकमा गाँजा फेला परेपछी सह-चालक मकवानपुर थाहा नगरपालिका वडा नं.३ गोपालीगाउँ बस्ने बर्ष १८ को बिशाल गोपालीलाई लागूऔषध गाँजा, ट्रक सहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

साथै फरार रहेका चालकको खोजतलास भईरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट