Techie IT
Hetauda Khabar

बेगनासतालमा डुबेर एक पुरुषको मृत्यु


पोखराको बेगनासतालमा डुबेर एक पुरुषको मृत्यु भएको छ भने सँगै कायाक लिएर गएकी महिलाको उद्दार गरिएको छ। मृत्यु हुनेमा पोखरा १३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ रहेका छन्। डुंगा चालक र प्रहरीले उनको शव निकालेको हो।

परिवारसहित पोखरा ३१ मा पर्ने बेगनासतालको माझीकुना पुगेकामध्ये लालबहादुर र अर्की एक महिला कायक डुंगा लिएर तालमा पुगेका थिए।

कायक एकजना बसेर खियाउन मिल्ने डुंगा हो। कायक चलाउन गाह्रो हुन्छ। पौडन जानेको बताउने लालबहादुर कायक पल्टँदा तालमा डुबेका थिए।

स्थानीय पत्रकार सन्दीप पौडेलका अनुसार महिलाको भने स्थानीयले सकुशल उद्धार गरेका हुन्।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट