Techie IT
Hetauda Khabar

६ दिनदेखि हराए मकवानपुरमा शेर बहादुर,खोजीदिन परिवारको आग्रह


हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाबाट ६ दिनदेखि शेर बहादुर माझी बेपत्ता भएका छन् ।

बागमती गाउँपालिका २ राईगाउँ भण्डारा टोल बस्ने शेरबहादुर माघ १८ गतेदेखि बेपत्ता भएको उनको आफन्तले बताएका छन् । उनी बकैया गाउँपालिका ६ जुइनाबाट हराएका थिए ।

सलार्ही बिहेमा गएका उनी जुइनाबाट छुटेका थिए । हराएका उनी बकैया हुँदै पैदल हेटौंडाको फुर्केचौरसम्म देखा परेको उनको आफन्तले जानकारी दिएका हुन् । बोल्न नसक्ने उनलाई खोजीदिन उनका आफन्तले आग्रह गरेका छन् ।

हराइरहेका उनी फुर्केचौरबाट हेटौंडा तर्फ गइरहेको सिसिटिभीमा देखिएपनि हटियासम्म पुगेको सिसिटिभीमा नदेखिएको उनका आफन्त बताउँछन् ।

उनी हराउँदा बखत जिन्सको कालो पाइन्ट निख्खर निलो रङ्गको ज्याकेट र कालो टोपीमा रहेको उनका आफन्तले जानकारी दिए । उनलाई देख्नेले नजिकको प्रहरी कार्यालय अथवा ९८६३७०६१९४ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट