Techie IT
Hetauda Khabar

‘पुष्पा २’ पछि अल्लु अर्जुन यी फिल्ममार्फत देखिने छन् सिनेमा घरमा


मुम्बई, १६ माघ  । फ्यानहरु अल्लु अर्जुनको फिल्म पुष्प २ को ब्यग्र प्रतिक्षामा रहेका छन् ।

यो फिल्म अगस्ट १५ मा हलमा रिलिज हुने तयारीमा रहेको छ । अल्लु अर्जुनकोा यो फिल्मबाट फ्यानहरुले धेरै नै अपेक्षा गरेका छन् । पुष्पाको पहिलो पार्टले बक्स अफिसमा यस्तो हलचल मचाएको थियो, त्यसपछि यसको दोस्रो पार्टलाई लिएर उत्साह बढेको छ ।

साथै, निर्माताहरूले फिल्मको बारेमा केहि अपडेटहरू दिइरहेका छन् जसका कारण फिल्म थप चर्चामा रहेको छ। पुष्पा–२ पछि पनि अल्लुले धेरै फिल्मबाट फ्यानलाई मनोरञ्जन दिनेछन् । उनीसँग अहिले धेरै परियोजनाहरू रहेको खबर बाहिर आएको छ ।

पुष्पा २ पछि अल्लु अर्जुन त्रिविक्रम श्रीनिवासको ‘एए २२’ मा देखिने छन् । यस फिल्ममा उनीसँगै त्रिशा मुख्य भूमिकामा देखिने छिन् । अल्लु अर्जुनको यो सूची यहाँ मात्रै समाप्त हुँदैन। भारतीय समाचार माध्यमकाा अनुसार उनी जवानका निर्देशक एटली कुमारसँग पनि काम गर्न लागेका छन् । यद्यपि, यो फिल्मको बारेमा आधिकारिक घोषणा भने अझै गरिएको छैन, जे होस अल्लु अर्जुन एटलीकुमारसँग देखिने लगभग पक्का जस्तै छ ।

समाचार अनुसार अल्लु अर्जुनले यसै वर्षको अन्त्यमा निर्देशक बोयापति श्रेणुसँग फिल्मको सुटिङ सुरु गर्न लागेका हुन् । उनले नै नयाँ फिल्मका बारेमा सहकार्य गर्न लागेको जनाएका छन । तर, यो फिल्मको बारेमा अहिलेसम्म कुनै घोषणा भने गरिएको छैन ।

पुष्प २ काउन्टडाउन सुरु

अब पुष्प २ रिलिज हुन २ सय दिन बाँकी छ । योसँगै फिल्मको चर्चालाई कायम राख्न निर्माताले नयाँ चाल सुरु गरेका छन् । उनले फिल्मको काउन्टडाउन सुरु गरिसकेका छन् । योसँगै एक पोस्टर पनि शेयर गरिएको छ । जसमा २ सय दिनमा काउन्ट डाउन सुरु भएको लेखेका छन ।

पुष्प २ को स्टारकास्टको कुरा गर्दा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना र फहद फासिल महत्वपूर्ण भूमिकामा देखिनेछन् । जसलाई सुकुमारले निर्देशन गरेका हुन् ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट