Techie IT
Hetauda Khabar

हेटौंडा आएर नेता सिंहले भने : देशमा केही भएन भन्ने हौवाको पछि लाग्नु गलत


हेटौंडा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्था मात्र होइन अवस्थामा पनि परिवर्तन आएको बताएका छन् ।

कांग्रेस स्थापना दिवसका अवसरमा वामती प्रदेश कांग्रेसले शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन ल्याएको सिंहले बताए ।

उनले केही भएन भन्ने हौवाको पछि नलाग्न पनि आग्रह गरे । अहिले राजनीतिक व्यवस्था बदलियो अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको खण्डन गरेका हुन् ।‘०४६ पछि राजनीतिक व्यवस्था मात्र फेरिएको छैन, अवस्था पनि फेरिएको छ । ०४६ अघि के थियो ? शिक्षा, स्वास्थ्य विकासको क्षेत्रमा अहिले के छ ? त्यो पनि हेरौंन ? ’ सिंहले भने ।

त्यस्तै उनले असहज अवस्थामा मिलेका दलहरूबिचको एकता थप बलिये बनाउनुपर्नेमा पनि जोड दिए । कांग्रेस उम्मेदवारलाई जिताउन मतदान गर्ने सबैलाई बधाई दिँदे सिंहले विजेताहरूलाई कार्यकाल सफलताको शुभकामना पनि दिए । उनले अरू दलले गर्न नसकेको काम कांग्रेस नेतृत्वमा भएको स्मरण गर्दै अब पनि कांग्रेसले नै समृद्धिको अभियानको नेतृत्व गर्नुपर्नेमा सिंहको जोड थियो ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट