Techie IT
Hetauda Khabar

हालान्ड र एम्बाप्पेलाई पछि पार्दै मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड


अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् ।

मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् ।

यो अवार्डका लागि नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे ।

मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् ।

मेस्सी र हालान्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरुको मतका अधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अंक प्राप्त गरेका थिए ।

मेस्सीले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए ।

यसैगरी आइटाना बोनमाटा पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।

उनले द्दण्द्दघ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्वपूर्ण योगदान गरेकी थिइन् ।

बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोको पछि पारिन् ।

मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरको बनिन् ।

एडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । म्यानचेस्टर सिटीको ऐतिहासिक ट्रेबल जित्ने अभियानलाई ३० वर्षीय एन्डरसनलाई सम्मान गरिएको हो ।

इडरसन २३ अंकका साथ शीर्ष स्थानमा रहे, थिबाउट कोर्टोइस २ अंक र यासिन बौनु १६ अंक मा सिमित भएका थिए ।

सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३ घोषित भएका छन् ।

इटालियन जोडी लुसियानो स्पालेट्टी १८ अंक र सिमोन इन्जाघी ११ अंक र ग्वार्डिओला २८ अंकसहित उतकृष्ट घोषित भएका हुन् ।

यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको गोल उत्कृष्ट घोषित भयो । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो ।

ह्युगो ड्यानियल “टोटो“ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ ।

मे २०२३ मा बाराकास सेन्ट्रल विरुद्धको अर्जेन्टिना प्राइमरा डिभिजनको खेलमा आफ्नो छोरालाई खुवाउँदै गरेको कोलोन डे सान्ता फे फ्यान भाइरल भएका थिए ।

यसैगरी ब्राजिललाई फिफा फेयर प्ले अवार्डबाट सम्मानित गरिएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट