Techie IT
Hetauda Khabar

किन यसपटकको हिउँदमा नेपालमा औसतभन्दा बढी पानी पर्नेछ ?


यसपटकको हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो ।

मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने ६०।१ मिलिमिटरलाई औसत वर्षा मानिएको छ । यो वर्ष त्यो भन्दा बढी वर्षा हुने विभागको जलवायु विश्लेषण शाखाले जनाएको छ ।

कोशीको तराई र मधेश प्रदेशका क्षेत्रमा वर्षा कम हुने र बागमतीदेखि पश्चिमी भेगका अधिकांश भू(भागमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ ।

तापक्रमको उतारचढाव पनि सोही अनुसार पूर्व र मधेशतिर कम चिसो हुने र मध्यदेखि पश्चिमतिर बढी चिसो हुने महाशाखाले जनाएको छ । सुदूरपश्चिमको कर्णाली, गण्डकी तथा उच्च हिमाली भेगमा अधिकतम र न्यूनतम तापक्रम कम हुने छ ।

अन्यत्र सरदर हिउँदको समयमा हुनेभन्दा बढी तातो हुने छ । हिउँदे अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने अलनिनो र दक्षिण ओसिलिएसनसँगै हिन्द महासागरमा विकसित हुने प्रणालीले पनि यो वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने देखाएको छ ।

यतिबेला प्रशान्त महासागरमा अलनिनो प्रणाली अवस्थित रहेको र त्यो हिउँद अवधिभर कायम रहने भएकाले पनि पानी पार्ने प्रणाली विकास गर्न सघाउने विभागले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट