Techie IT
Hetauda Khabar

हेटौंडाकी प्रजा मनहरी पाहुना लाग्न जादा सुतेकै ठाउँमा मृत भेटिइन्


हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-७, निर्मलबस्तीमा पाहुना लाग्न गएकी हेटौंडाकी एक किशोरी सुतेकै ठाउँमा मृत भेटिएकी छन्।

शान्ति प्रजाको घरमा हेटौंडा उपमहानगरपालिका-१७ हटियाबाट पाहुना लाग्न आएकी अन्दाजी १८/२० वर्षकी कान्छी प्रजा सुतेकै ठाउँमा मृत भेटिएकी हुन्।

आइतवार बेलुकी खाना खाई एक्लै सुतेकी उनी बिहान मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीका अनुसार उनको शरीरमा कुनै चोटपटकको नदेखिएको र शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल राखिएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट