Techie IT
Hetauda Khabar

हेटौंडामा शालनालसहितको नवजात शिशु फेला


हेटौंडा । मकवानपुरको हेटौंडा-४ स्थित प्रदेश लोक सेवा आयोग कार्यालयको नजिकै भर्खरै जन्मेको जस्तो देखिने नवजात शिशु (छोरी) फेला परेको छ ।

बिहीबार साँझ स्थानीय शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले शिशुलाई उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने शिशुको शरीरको केही भागमा काँडाले कोतरिएको छ । बच्चा कस्ले फालेको भन्ने बिषयमा खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट