Techie IT
Hetauda Khabar

नेपाल ओमनसँग पाँच रनले पराजित


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४० रनमै समेटिएको हो। नेपालका लागि विवेक यादवले ३९, कुशल भुर्तेलले २६, सोमपाल कामी, करण केसीले १५, रोहित पौडेल र सुन्दीप जोराले १२-१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

दुई असोसिएट राष्ट्रबीचको ‘हेभिवेट भिडन्त’ मा नेपाललाई पराजित गर्दै ओमान टी-२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को विजेता बनेको छ भने नेपाल उपविजेतामै सीमित भएको छ।

अब नेपालले शुक्रवार यूएईसँग सेमिफाइनल खेल्नेछ र जितेमा फाइनल पुग्नेछ।

कीर्तिपुर क्रिकेट मैदानमा बिहान सुरु भएको खेलमा थुप्रै नाटकीय मोडहरू देखिए। दुबै टोलीका खेलाडीहरुले गरेका ‘मिस फिल्ड’ हरू, ‘ड्रप क्याच’ र केही उत्कृष्ट ब्याटिङ तथा बलिङ नमुनाले खेलको रोमाञ्च थपिएको थियो।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट