Techie IT
Hetauda Khabar

हेटौंडाको चुरेहिल हस्पिटलले डाक्टरको तलब नदिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द


हेटौंडाको चुरेहिल हस्पिटलको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द भएको छ ।

अस्पतालले चिकित्सकको तलब भत्ता नदिएको भन्दै उनिहरुले आन्दोलन सुरु गरेका हुन् । अस्पतालले वर्षौदेखीको तलब र विभिन्न भत्ताहरु उपलब्ध नगराएकाले चिकित्सकहरुले सेवा ठप्प पारेका हुन् ।

“विशेषज्ञ चिकित्सककै तलब र भत्ता रोकिएको छ, पटकपटक अनुरोध गर्दासमेत अस्पतालले नदिएपछि सेवा ठप्प पार्न बाध्य भएका हौ”, एक चिकित्सकले बताए । अस्पतालले कर्मचारी, स्वास्थ्यकर्मी तथा चिकित्सकको तलब तथा भत्ताबापतको लाखौं रकम दिएको छैन । जसका कारण चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट