Techie IT
Hetauda Khabar

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु


सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नीसहित २ जनाको मृत्यु भएको छ। डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै, मन्त्री सिंहको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइदैछ।

मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

गाडि सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट