Techie IT
Hetauda Khabar

हेटौंडामा ५४ लाख बराबरको सुन बरामद, एकजना पक्राउ


मकवानपुर प्रहरीले अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, राटोमाटे चेकपोष्टबाट ५६१.३० ग्राम सुनसहित एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बिहान ३ बजेको समयमा प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार साहले जुत्ताको नोकभित्र लुकाइछिपाइ ल्याएको ५४ लाख ४८ हजार रुपैयाँ बराबरको बराबरको ५६१.३० ग्राम सुनसहित निजलाई पक्राउ गरिएको हो ।

साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट