नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौं, २१ माघ । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको कारोबार भएको छ । यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ ।
क्याटेगोरी : अर्थबाणिज्य
प्रतिक्रिया