Techie IT
Hetauda Khabar

यसरी भइरहेछ हेटौंडामा राष्ट्रियसभाको निर्वाचन


हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित भुटनदेवि माध्यमिक बिद्यालयको प्राङ्गनमा बिहान ९ बजेदेखि राष्ट्रियसभाको निर्वाचन भइरहेको छ ।

मतदान गर्नका लागि बागमती प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको निकै भिड पनि मतदान केन्द्रमा लागेको छ । मतदान दिउँसो ३ बजेसम्म हुने छ ।

मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका पदमा चुनाब भएको हो । बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । हेटौंडामा मतदान केन्द्रमा अधिकृतसहित १०–१० जना गरी २० जना कर्मचारी खटाइएको छ ।

साथै निर्वाचनमा मतदाता रहने बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक–फरक रहनेछ । निर्वाचनको लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चार–चार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० ले एकएक जना गरी १५ जनाले उम्मेदवारी दिएका छन् ।

यस समाचार तयार पार्दासम्म स्थानीय तहका २३३ जनाले मतदान गरेका छन भने १०५ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट