Techie IT
Hetauda Khabar

मकवानपुर १ अपडेट- डिनाको अग्रता कायमै, हलोको आक्रामक कमब्याक


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को हालसम्म ७१ हजार ४७८ मत गणना भएको छ । अब झण्डै २० हजार मतगणना हुन बाँकी छ ।

यो क्षेत्रको सबै वडाको मतगणना सम्पन्न भएको छ । अहिले ४ र ५ को गणना भइरहेको छ । ९ र १० को भने बाँकी रहेको छ ।

गणना भइरहेको वडामा राप्रपाका दिपबहादुर सिंहले अग्रता लिइरहेका छन् । हालसम्म सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २० हजार ६४८ मत पाएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २१ हजार ९१० मत पाएकी छिन् ।

हालसम्म कांग्रेसकी डिना सबैभन्दा अगाडि छिन् । राप्रपाका दिपकबहादुर सिंहले १९ हजार ७५६ मत पाएका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट