Techie IT
Hetauda Khabar

मुख्यमन्त्रीका दावेदार बानियाँ मकवानपुरमा निर्वाचित


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर-२ प्रदेश सभा (२) मा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

नेकपा एमालेका लालबहादुर थापालाई १ हजार ७८२ मतले पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् । यस क्षेत्रमा ४० हजार ५९९ मत खसेकोमा बानियाँले १८ हजार ७१६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका थापाले १६ हजार ९३४ मत प्राप्त गरे ।

बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १९ हजार २४५ मत ल्याएर निर्वाचित भएका थिए । उनीसँग नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका नेकपा एमालेका राजाराम स्याङ्तानलाई १ हजार ४११ मतले पछि पार्दै जित हात पारेका थिए ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट